२०८० चैत्र १६ गते शुक्रवार

स्थानीय चुनाव उपयोग गर्ने पक्षमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा




चैत्र ०४
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थानीय चुनावलाई उपयोग गर्ने रणनीति लिने भएको छ । नेकपाको सचिवालय बैठकमा बहुमत सदस्य चुनावलाई उपयोग गर्ने पक्षमा देखिएपछि पार्टी चुनावी पक्षमा उभिएको हो ।
विप्लव नेतृत्वको नेकपा स्रोतका अनुसार ५ सदस्यीय सचिवालयमा महासचिव विप्लवसहित तीन जना चुनावको पक्षमा उभिएका थिए । महासचिवसहित तीन जना चुनावको पक्षमा उभिएपछि पार्टी निर्णय चुनावी लाइनमा देखिएको हो ।
दुई जना सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलाले भने मौखिक रुपमा असहमति जनाएका छन् । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुको शिवनगरमा बुधबार सुरु भएको छ ।
उक्त बैठकमा महासचिव विप्लवले चुनावी लाइनबारे कमिटीले निर्णय गर्ने तयारी भएको स्रोतको भनाइ छ । केन्द्रीय कमिटीमा बहुमतले पारित गरेमा नेकपा स्थानीय चुनावमा भाग लिनेछ ।
चुनावलाई उपयोग गर्ने भनेर विप्लव नेतृत्वको नेकपाले तयारी गरेको अवस्थामा उनीहरूलाई दलीय आधारमा भाग लिन भने समस्या पर्ने देखिएको छ । निर्वाचन आयोगले दल दर्ताको समय १५ दिनअघि नै सकेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार