फाल्गुन २९
तनहुँमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चितवनबाट पोखरातर्फ गइरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आएको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन् ।
तिमध्ये टाटासुमोमा सवार नौ जना घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताएका छन् । दुर्घटनामा मृत्यु भएकामध्ये एक जनाको मात्र पहिचान खुलेको उनले बताए ।मृतकमध्ये शुक्लागण्डकी नगरपालिका-८ का ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको उनले बताए । अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको उनले बताए ।
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार