२०८० जेष्ठ २१ गते आइतवार

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लोकतान्त्रिक सयुक्त प्यानल विजयी



तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लोकतान्त्रिक सयुक्त प्यानल विजयी भएको छ । संस्थाको नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त खरेलले ११६२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाका प्रतिद्धन्द्धी सयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल(संगित)ले १०४१ मत प्राप्त गर्नुभएको थियो । खरेलले १२१ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको समितिले जनाएको छ ।

खरेल संस्थाको अध्यक्षमा छैठौ पटक निर्वाचित हुनु भएको हो । यस्तैगरी अन्य पदहरुमा पनि खरेलकै समुह विजयी भएका छन् ।जसमा उपाध्यक्षमा केशवराज सापकोटाले १२५९, सचिवमा दशरथ वलीले १३६४ , कोषाध्यक्षमा केशव बहादुर वलीले ९९० , सहसचिवमा कमला कुमारी अधिकारीले १००७, सदस्यहरुमा नर बहादुर वली १०६५, लाल बहादुर वली ८९५, अमृता शर्मा न्युरे १०२२ र सविता वलीले ८३५ मत पा्रप्त गरी विजयी हुनु भएको निर्वाचन समितिका सुसील काफलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार