२०८१ माघ ५ गते आइतवार

मेची महाकाली उल्टो पैदल यात्री ऋषि परियार दाङमा प्रबेश




शिवु खनाल
देउखुरी, २८ फाल्गुन
मेची महाकाली उल्टो पैदल यात्रामा निस्किनुभएको दाङका ऋषि परियाको लगातारको हिडाइले खुट्टामा ठेला उठेका छन् । शरिर पुरै थकित अवस्थामा छ । ‘उल्टो पैदल यात्राबाट देशलाई विश्वसामु चिनाउन खोजेको हुँ, मेची महाकाली उल्टो पैदल यात्रामा निस्किनुभएको ऋषि परियारले भन्नुभयो,—।‘यति लामो दूरी कसैले उल्टो हिँडेको छैन । इतिहास रच्नु पनि मेरो उद्देश्य हो ।’ मेची देखी महाकाली उल्टो पैदल यात्रा निस्किएका दाङका ऋषि परियार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङको कालाकाटे आइपुगेका छन् । परियार झापाको काकडभित्तबाट मेचीदेखी महाकाली उल्टो पैदल यात्रा निस्किएका हुन् । उनि ४३ दिनपछि विभिन्न जिल्ला पार गर्दै शनिवार गृह जिल्ला दाङको कालाकाटे आइपुगेका हुन् । परियार मेचीदेखी महाकाली उल्टो पैदल यात्रा गर्ने नेपालमै पहिलो व्यक्ती हुन् । पैदल यात्री परियार तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँ निवासी हुनुहुन्छ । अवको २२ देखि २३ दिनमा महाकाली पुग्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
‘गत माघ पन्ध्र गतेदेखी मेची महाकाली उल्टो पैदल यात्रा सुरु गरेको हुँ । पूर्व झापा जिल्लाको मेचीपुलबाट उल्टो पैदल यात्रा सुरु गरेर अहिले सम्म झापा सहित मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषा चितवन, रुपन्देहि, कपिलबस्तु जिल्ला पार गरी दाङ आइपुगेको छु, उहाँले भन्नुभयो,—। ‘अहिले सम्म झन्डै पाचसय भन्दा बढि किलोमिटर दुरी यात्रा पार गरियो ।’ परियारले कोरोनाबाट मुक्त भएर हरेक नागरिक मास्क सहित हिडडुल गर्न सकौ भन्ने सन्देश सहित मेचीमहाकाली उल्टो पैदल यात्राको सुरुवात गर्नुभएको हो । हातले टेकेर यस अघि विश्व रेकड(गिनिज बुक)मा नाम लेखाई सक्नु भएका परियारले पूर्वमेची देखि पश्चिम महाकाली सम्म उल्टो हिडेर पैदल यात्रा गर्ने लक्ष्य लिनु भएको छ । स्वास्थ्यका लागी मेचीमहाकाली उल्टो पैदल यात्रा नाराका साथ पुर्व मेचीको पुलबाट यात्राको सुरुवात गर्नुभएको छ । हरेक मानिस सुल्टो हिड्छन तर उल्टो पैदल हिड्दाँ स्वास्थ्यलाई समेत फाईदा हुन्छ भन्ने सन्देशका साथ मेचीमहाकाली उल्टो पैदल यात्राको सुरु गरेको उहाले बताउनुभयो । आफुले जे काम गर्दा पनि नयाँ किसीमको गर्ने लक्ष्य अनुसार यो यात्रा सुरु गरेको उहाले बताउनुभयो ।

कति मान्छे आफ्नो मजाक उडाए, कति हाँसे
परियारले यात्रा शुरु गर्नुपूर्व धेरै कठिनाइ भोग्नु परेको बताउनुभयो । पैदल यात्रको क्रममा कति मान्छे आफ्नो मजाक उडाए कति हाँसे, उहाँले भन्नुभयो,—। ‘अहिले मेरा लागि यति मान्छे जम्मा हुँदा खुशी लाग्छ जुन ठाउँमा पुग्छु त्यो मलाई कुरेर बस्नुभएको हुन्छ । म आउन साथ फोटो खिच्ने, भिडियो बनाउने आज कोहि कोहि त मसँगै अल्लि परसम्म हिँड्दा हौसला मिल्छ ।’ मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषि झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएर हिँड्नुहुन्छ । राष्ट्रिय भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार ठाउँअनुसारको भेषभूषा लगाउँछन् । यात्री परियारलाई मेचि महाकाली यात्राको क्रममा भेटिने स्थानीयहरुद्वारा अबिर र खादासहित सम्मान गर्नुभएको थियो भने पानी, फ्रुटी, कोक, विस्कुट लगायतका खानेकुराहरु समेत सहयोग गर्नुभएको थियो ।

उल्टो पैदल यात्री परियारलाई विभिन्न जिल्लामा स्वागत
उल्टो पैदल यात्री ऋषि परियारलाई विभिन्न जिल्लमा स्वागत गरिएको छ । पैदल यात्राको क्रममा परियारलाई विभिन्न संघसंस्थाले भब्य स्वागत एवम् अभिनन्दन गरेका छन् । उल्टो पैदल यात्री ऋषि परियारलाई फूलमाला अविरल लगाएर स्वागत गरेका हुन् । परियार पूर्वमेचीदेखि पश्चिम महाकाली सम्मको यात्रा गरेको आज ४३ औं दिन दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा बास बस्ने परियारले जानकारी दिनुभयो । बाटोभरी सर्वसाधारणले टिकट बनाउने र फोटो खिचाउने तथा स्वागत सत्कारले दिनमा १०÷१५ किमि मात्र हिंड्न सकिरहेको परियारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यको लागि उल्टो पैदल यात्रा हो ।’

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार