२०८२ बैशाख ७ गते सोमवार

त्रिवेणी गाउँपालिका रोल्पाले आफ्नो पाँचौ स्थापना दिवस भव्यरुपले सम्पन्न



अमृत वली
२०७८-११-२८
रोल्पा

“समृद्ध गाउँपालिका,सुखी जनता” को नारालाई आत्मसात गर्दै त्रिवेणी गाउँपालिका रोल्पाको बहुउद्देश्यीय सभाहलमा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकालाई जग्गा दान गर्ने दानिहरु , पत्रकारिता क्षेत्रबाट गाउँपालिकालाई योगदान पुर्याउने पत्रकारहरुलाई दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको छ ।।
स्थापना दिवसको अबसरमा गाउँपालिकाले विकासमा त्रिवेणीका पाइलाहरु र गाउँपालिकाले चार वर्षको समयमा गरेका बिकासहरु भिडियो डकुमेन्ट्री समेत प्रदर्शन गरेको हो ।।
स्थापना दिवशको अवरमा बोल्दै कार्यक्रमका अथिति तथा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष महेश न्यौपानेले त्रिवेणीले रोल्पाका १० वटा स्थानीय तह मध्ये उत्कृष्ट काम गरेको र त्रिवेणीले शिक्षा धेरै परिवर्तन गरेको साथै शिक्षाको बिभेदिकरण अत्य गरेर त्रिवेणीले सबै वर्गका बिद्यार्थीदाइ समान प्रकारको शिक्षा हुनुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वलीले आफुले चुनावको बेला जनता गरेको प्रतिबद्धता सतप्रतिशत पूरा गरेको र गर्दै नगरेका प्रतिबद्धता बिकासका कामहरुलेको बताउनुभयो ।। साथै गाउँपालिकालाई जग्गा दान गर्ने दानी र गाउँपालिकालाई पत्रकारिता क्षेत्रबाट गाउँपालिकालाई योगदान गर्ने पत्रकाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।।
कार्यक्रमको अबसरमा सम्पुर्ण वडाका जनप्रतिनिधि कर्मचारी , बिद्यालयका शिक्षक , पत्रकार , जग्गा दानी , स्थानीय बासिको व्यापक उपस्थित रहेको रेडियो पल्लवीका समाचार सहयोगी अमृत वलीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार