२०८० मङ्सिर २४ गते आइतवार

सिकाइ क्षति पूर्ति गर्न विद्यालय अतिरिक्त कक्षा संचालन रोल्पा, ।



फागुन 23
अमृत वलि
विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्ने सम्बन्धी निर्णय गर्दैै त्रिवेणी गाउँपालिका स्तरीय प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । विगतमा कोरोनाले गर्दा लामो समय विद्यालय बन्द हुदा पढाइ सिकाइमा भएको क्षति पूरा गर्न विद्यालयमा कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने भएको हो ।
त्रिवेणी गाउँपालिका रोल्पाको सिकाइ उपलब्धी वृद्धि गर्ने योजना अनुसार यूनिसेफको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले त्रिवेणी गाउँपालिकाभरीका विद्यालयहरुमा अतिरिक्त कक्षा संचालन गर्न प्राविधिक सहयोग गर्न लागेको हो । कोभिड १९ शिक्षा प्रतिकार्य योजना अन्तरगत विगतको विद्यालय बन्दले गर्दा पुगेको क्षति पूर्ति लक्ष्य रहेको हुरेकका कार्यक्रम संयोजक धरेन्द्र डाँगीले बताउनुभयो ।
कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीहरुलाई एकै स्थानमा राखेर एकीकृत पाठ्यक्रम अनुसार अतिरिक्त सिकाइ कक्षा संचालन ६ महिना सम्म चल्ने छ । शिक्षा प्रतिकार्य योजना अन्तरगत विद्यालयमा सिकाइ कक्षा, बालबालिकाहरुलाई सिकाइ सामग्री सहयोग, बालविकास केन्द्र सहयोग, शिक्षक तालिम, विद्यालय शिक्षा प्रतिकार्य योजना निर्माण लगायतका कार्यक्रमहरु रहेको छन् । योजना तर्जुमा बैठकमा प्रधानाध्यापकहरुलाई सम्बोधन गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार भएको र यस्ता कार्यक्रमहरुले आगामी दिनमा थप सहयोग पुग्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार