२०८१ बैशाख ६ गते बिहिवार

दुधरास दुर्घटना(अपडेट) :एक जनाको मृत्यु



दीपक बोहरा
दाङ,१५ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित दुधरासमा मोटरसाईकल र हाईस एक आपसमा ठोक्किदा हाईसमा आगलागी भएको छ । आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मोटरसाईकलमा सवार रेशम चौधरीको मृत्यु भएको हो । उनी २४/२५ बर्ष जस्तो देखिन्छन् । ठेगाना अझै खुल्न नसकेपनि उनको नाम भने पहिचान भएको प्रहरीले बताएको छ ।

उनी बोल्न नसक्ने अबस्थामा रहेकाले ठेगाना खुल्न नसकेको हो । त्यस्तै मोटरसाइकलमै सवार अर्का तुलसीपुर १६ निवासी २१ बर्षीय रेशम वली र हाइस चालक तुलसीपुर ७ निवासी २६ बर्षीय करण परियार गम्भीर घाइते भएका छन् । उनीहरु दुबै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपुर रेफर गरिएको छ । हाइसका सहचालक पनि सामान्य घाइते भएको भएपनि उनको डिस्चार्ज भइसकेको छ ।

काठमाडौंबाट तुलसीपुर तर्फ आइरहेको बा ३ ख ८६४३ नम्बरको हाईस र विपरित दिशाबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।राति पौने ९ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । प्रतक्षदर्शीका अनुसार मोटरसाईकलमा पेट्रोल लैजादै गरेका थिए । त्यही क्रममा तिब्र गतिमा रहेका हाइस र मोटरसाईकल ठोक्किदा आगलागी भएको हुन सक्ने अनुमान गरेपनि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार