
फाल्गुन १५
भोलि हुने नेपाल बन्दको पूर्वसन्ध्यामा दाङ सहित देश भरी मसाल जुलुस गरिएको छ । एमसीसीविरुद्ध सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि अर्थात् फागुन १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेसँगै सो जुलुस निकालिएको हो ।
नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।
बिज्ञपति को पुर्ण पाठ:

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार