२०८० फाल्गुन ९ गते बुधवार

दारी ग्याङ दाङ द्वारा यमुना जि. सि लाई सहयोग :




फाल्गुन १४
तुल्सिपुर उपमहानगरपालिका वार्ड न १५ धमकापुर, कुरुरे निवासी यमुना जि. सि. को परिवारलाइ दारी ग्याङ दाङ द्वारा सहयोग प्रदान गरिएको छ।
सुत्केरी रहनु भएकी यमुना जि. सि.को आर्थिक स्थिति कमजोर रहेको सुचना प्राप्त भए लगत्तै दारी ग्याङ दाङका सम्योजक सन्तोष भण्डारी ( चरी ) लगायत सदस्यहरु द्वारा राप्ती प्रादेशिक अस्पतालमा पुगि सहयोग प्रदान गरिएको हो। उक्त कार्यक्रमको सम्योजन दारी ग्याङ दाङ का सम्योजक सन्तोष भण्डारी ( चरी )ले गर्नु भएको थियो।।दारी ग्याङ दाङ ले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार