२०७९ मङ्सिर १८ गते आइतवार

पल शाहलाई मार्ने मुख्य योजना दुगेश थापा हुन- कृष्ण जोशी



पछिल्लो समय चलेको अभिनेता पल शाहको काण्डमा एकपछि अर्को तथ्यहरु सार्बजनिक भैरहेको छ । पिडित गायिकाले प्रहरीमा उ’जुरी दिएपछि अभिनेता शाह प्रहरीको फरार सुचिमा परेको खबरहरु आइरहदा उनैका असिस्टेन्ट भनिने कृष्ण जोशी मिडियामा देखिएका छन् ।

पलले जोशीसंगै प्रफर्मर दुर्गेश थापा, सरोज ओलि र सम्राट चौलागाईंलाई आफुलाई फसाउन षड्यन्त्र गरेको भन्दै अडियो प्रमाण सहित फेसबुकमा स्ट्याटस लेखेका थिए । त्यसपश्चात् यो केसमा नया ट्विस्ट आएको थियो ।सामाजिक संजालमा गाली खाईरहेका यी ४ ब्यक्तिमध्ये जोशीले आफ्नो र आफ्नो टिमको गल्ती स्वीकार गर्दै मिडियामा आएका हुन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार