२०८१ माघ २४ गते शुक्रवार

अनेरास्ववियु राेल्पा जिल्ला सम्मेलन चैत १५ गते हुने



नेकपा एमालेकाे बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन राेल्पा जिल्ला कमिटिकाे १७ अाैँ अधिवेशन सम्मेलन अाउदाे चैत १५ गते हुने भएको छ।
अनेरास्ववियु राेल्पा जिल्ला कमिटीकाे अाज सदरमुकाम लिबाङमा सम्पन्न बैठकले प्रकाश बुढाकाे संयाेजकत्वमा ४९ सदस्यीय जिल्ला सम्मेलन अायाेजक कमिटि गठन गर्दै सम्मेलन तयारीमा जुटेकाे हाे।
प्रकाश बुढाकाे अध्यक्षता तथा नेकपा एमालेकि केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-ईन्चार्ज ईश्वरी जिएमकाे प्रमुख अातिथ्यतामा सम्पन्न बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य अमृत बुढा, एमाले जिल्ला सदस्य तथा बिद्यार्थी ईन्चार्ज हुम बहादुर बाँठा, अनेरास्ववियुका केन्द्रीय सदस्यद्वय सन्ताेष बाँठा, कल्पित मगर, प्रेस चाैतारि राेल्पाका अध्यक्ष तिलक जि. एम. लगायतको उपस्थिति रहेको थियाे।
बैठकले फागुन मसान्तसम्म राेल्पाका १० वटै पालिका र सबै बिद्यालयहरुमा अनेरास्ववियुकाे कमिटिहरु गठन गर्नका लागि ईन्चार्जहरु समेत ताेकेकाे छ। रुन्टिगढिमा ईन्चार्ज केशर बहादुर रावत, सह- ईन्चार्ज डिल्ली परियार, त्रिवेणिमा ईन्चार्ज झलक मगर, सह- ईन्चार्ज चिरञ्जीवी वलि, माडिमा ईन्चार्ज सुर्य बि.क., सह- ईन्चार्ज सीता खड्का, गंगादेबमा ईन्चार्ज लेखनाथ वलि, सह- ईन्चार्ज खुमराज वलि,चिरञ्जीवी वलि, परिवर्तनमा ईन्चार्ज तारा प्रसाद खड्का, सह- ईन्चार्ज कुमार घर्ती, थबाङमा ईन्चार्ज दिपक डाँगि, सुनछहरिमा ईन्चार्ज शेर बहादुर घर्ती, सह- ईन्चार्ज हस्तबिर, लुङ्ग्रिमा ईन्चार्ज माधब राेका, सह-ईन्चार्ज जुक्मति बस्नेत, सुनिल स्मृतिमा ईन्चार्ज सुरेन्द्र सिङ पुन, राेल्पा नगरपालिकामा ईन्चार्ज सुनिल ढुंगाना, सह- ईन्चार्ज डिल्ली परियारलाई जिम्मेवारी ताेकेकाे छ। बैठकले अनेरास्ववियुका केन्द्रीय सदस्य तथा राेल्पा ईन्चार्ज सन्ताेष बाठालाई थबाङ, परिवर्तन र सुनिलस्मृति गाउपालिका, केन्द्रीय सदस्य तथा सम्मेलन अायाेजक कमिटिका संयाेजक प्रकाश बुढालाई त्रिबेणि, गंगादेब र माडि, केन्द्रीय सदस्य तथा राेल्पा सह- ईन्चार्ज भिमा डिसिलाई रुन्टिगढि र लुङ्ग्रि, केन्द्रीय सदस्य तथा राेल्पा सह- ईन्चार्ज कल्पित मगरलाई राेल्पा नगरपालिका र सुनछहरि गाउँपालिकामा अायाेजना हुने कार्यक्रममा सहभागी गराउने निर्णय गरेकाे जनाएको छ। लिबाङ स्थित पार्टी कार्यालयमा सम्पन्न बैठककाे सञ्चालन दिपक डाँगिले गर्नुभएको थियाे।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार