२०८२ बैशाख ७ गते सोमवार

थपिए २० लाख नयाँ मतदाता




माघ २५
निर्वाचन आयोगका अधिकारीहरूका अनुमानमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन भन्दा यस पटक हुने निर्वाचनमा झन्डै २० लाख मतदाता थपिने छन्।

हालै चलाइएको एक महिनाको अभियान र नियमित मतदाता नामावली सङ्कलनको प्रक्रियाबाट ती मतदाता थपिएका हुन्।

तर यकिन विवरण उपलब्ध हुन केही दिन लाग्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

२०७४ सालमा भएको निर्वाचनमा एक करोड ४० लाख ७२ हजार मतदाता रहेका थिए।त्यसमध्ये पुरुष ७० लाख ७९ हजार र महिला ६९ लाख ९३ हजार रहेका थिए।

त्यस बेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका रूपमा आफूलाई चिनाएर मतदाता नामावली लेखाउनेको सङ्ख्या १४४ जना रहेको थियो।

यसपालि थप मतदाताको नाम सङ्कलन गर्न स्थानीय तहको कार्यालयमा बसेर आयोगले एक महिना अभियान चलाएको थियो।

तर अझै पनि सबै मतदाता नसमेटिएको स्थानीय तहका पदाधिकारीको मत रहेको छ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार