२०७९ मङ्सिर १५ गते बिहिवार

ट्रक र बस ठोक्किएर आगलागी, चार जनाको घटनास्थलमै मृत्यु




माघ २१
पूर्वबाट पश्चिम जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख २९९६ नम्बरको ट्रक गाडी सुनसरीको कोसी गाउँपालिका-१ लाैकहीको खुनिया पुलमा ट्रक र बसबीच एकआपसमा ठक्कर हुँदा गाडीमा आगलागी भएको छ ।

आगलागी घटनास्थलमा चार जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुहरूका अनुसार ट्रकका चालक, बसचालक र अन्य सवार दुईजना यात्रीको मृत्यु भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लाैकही, सशस्त्र प्रहरी बल लाैकहीको टोलीले घटनास्थलमा पुगेर अन्य यात्रुहरूलाई उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार