२०७९ मङ्सिर १९ गते सोमवार

आप्रवासी चढेको डुंगा पल्टिँदा फ्लोरिडामा ३९ जना बेपत्ता




माघ १२
अमेरिकाको फ्लोरिडामा डुंगा पल्टिँदा कम्तीमा ३९ जना बेपत्ता भएका छन्। फ्लोरिडाको एट्लान्टिक तटमा मानव तस्करीका लागि प्रयोग भएको डुंगा पल्टिएको बताइएको छ। अमेरिकी तटरक्षक(कोस्टगार्ड)का अनुसार, हराउनेहरु अधिकांश आप्रवासीहरु छन्।
केही दिनदेखि उनीहरुको खोजी कार्य भइरहेको अलजजीरामा समाचार छ। बेपत्ताहरुको खोजीका लागि पानी जहाज र विमान परिचालन गरिएको छ। उनीहरु क्यारेवियन मुलुक बहामासबाट डुंगा चढेर गैरकानुनी ढंगले अमेरिका प्रवेश गर्ने तयारीमा थिए।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार