२०८१ असोज २७ गते सोमवार

सर्वदलीय बैठक आज बस्दै : स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने




माघ ०८
आज (शनिबार) बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छ्न। उक्त बैठकले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने जनाईएको छ ।

स्थानीय तहको निर्वाचनबारे छलफल तथा टुङ्गो गर्न शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । तर तीन तहमा स्थानीय तहको निर्वाचन भएकाले थप छलफल आवश्यक रहेको भन्दै समितिको बैठकले कुनै निष्कर्ष दिन सकेको थिएन । यस्तो परिस्थितिमा आज सर्बदलिय बैठकको आयोजना गरिएको हो । यस अघि सर्बदलिय बैठक बहिष्कार गर्दै आएको नेकपा एमाले आज को बैठकमा सहभागी हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार