२०८१ असार २९ गते शनिवार

विश्वका सबैभन्दा जेष्ठ व्यक्तिको मृत्यु




माघ ५
विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिजि वर्ल्ड रेकर्डले जनाएको छ । उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा जेष्ठ व्यक्ति घोषित भएका थिए । उनले अर्को महिना आफ्नो ११३औँ जन्मदिन मनाउने योजना बनाइरहेका थिए ।
गिनिजि वर्ल्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन् । उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार