
दाङमा मोटरसाइकल र पिकप गाडीले एक आपशमा ठक्कर खादा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भयका छन ।तुल्सिपुर बाट पश्चिम तर्फ जाँदै गरेको रा ७ प ३१०७ नम्बरको मोटरसाइकल र बिपरित दिशा बाट आउदै गरेको लु १ च ४९६७ नम्बरको जिप तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ८ स्थित भमके खोला पुल नजिकै आपशमा ठक्कर खादा दुर्घटना भयको प्रहरीले बताएको छ।प्रहरिका अनुसार मोटरसाइकल चालक ठेगाना नखुलेका अन्दाजी ४० बर्सिय राम जलन चौधरी,सोही मोटरसाइकलमा पछाडी सवार ९ बर्सिय आर्जित चौधरी र आरुश चौधरी घम्बिर घाइते भयका छन ।घाइतेलाइ राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा पठाइयको छ। ठक्कर दिने पिकप र पिकप चालक तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३४ बर्सिय हिरामनी चौधरी लाइ इलाका प्रहरी कार्यलय तुल्सिपुरले नियन्त्रणमा लि सकेको बागर प्रहरी चौउखिका ट्राफिक प्रहरि जवान वसन्त ढकालले जानकारी दिनुभयको छ।