
पुस १९
विश्वकै सबैभन्दा होची महिलाको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी एक महिलाको निधन भएको छ । टर्कीको उस्मानी प्रान्तको कादिर्ली सहरमा बस्ने एलिफ कोकामनको ३३ वर्षको उमेरमा निधन भएको हो ।
उनी ७२ दशमलव दुई सेन्टिमिटर अर्थात् दुई फुट पाँच इन्चकी थिइन् । उनले सन् २०१० मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरेकी हुन् । विश्वकै होची महिलाको रूपमा एलिफाको नाम एक वर्षसम्म गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको थियो ।
प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार