२०८१ माघ ५ गते आइतवार

दक्षिण अफ्रिकाको संसदमा आगजनी




पुस १९
दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको स‌ंसद नेसनल एसेम्बलीमा आगो लागेको थियो ।
शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार