२०८१ माघ २४ गते शुक्रवार

अरनिको माध्यमिक विद्यालयमा इन्द्र मैदल बुढा स्मृति अक्षयकोष निर्माण



अमृत वली
रोल्पा

अरनिको माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका २ नुवागाँउ रोल्पामा रू पाँच लाख एक सय एक रूपैयाँको इन्द्र मैदल बुढा स्मृति अक्षयकोष स्थापना भएको छ । स्व. इन्द्र बहादुर बुढा , मैसरी बुढा ,दल बहादुर बुढाको सम्झनामा निर्मित उक्त अक्षयकोष स्थापना कर्ता जिवराज बुढा,याशिका बाठा(बुढा),अमृत बहादुर बुढा,दिपा बुढा एवम् समस्त परिवारले एक कार्यक्रमका बिच बिद्यालयलाई रू. पाँच लाख एक सय एक रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । उक्त अक्षयकोषले अति विपन्न गरिब परिवारका बिद्यार्थीलाई विद्यालय र निर्माताको संमन्वयमा छात्रवृत्ति प्रदान गरिने अक्षयकोष संस्थापक अमृत बहादुर बुढाले बताउनुभएको छ । उक्त हस्तान्तरण कार्यक्रमको सभापतिमा विद्याय व्यवस्थापन समितिका अध्यक्ष कविराज बुढा , प्रमुख अथितिमा त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा कुमारी बुढा घर्ती , अथितिहरुमा अक्षयकोष संस्थापक अमृत बहादुर बुढा , प्रधानाध्यापक गणेश कुमार घर्ती , बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघका सदस्यहरु, रेडियो पल्लवीका साहयक प्रशासन प्रमुख अमृत वली , अभिभावक , बिद्यार्थीहरुको सहभागिता कार्यक्रमको समापन गरिएको थियोे ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार