२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुर खानेपानी मतगणना साढे ६ बजेदेखि सुरु



तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनको मतगणना आजै हुने भएको छ । निर्वाचत समितिका सदस्य भिम खत्रीका अनुसार साँझ साढे ६ बजेदेखि मतगणना सुरु गर्ने गरि तयारी गरिएको छ । ७ हजार ६ सय ६७ मतदाता मध्ये ४ हजार चारसय ५ मत मात्रै खसेको छ ।

्विहान ८ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका साढे ४ बजेसम्म रहेको थियो । यस पटकको निर्वाचनमा राजनीतिक सहमति गरेर टुंग्याउने अभ्यास गरिएपनि त्यसले सफलता प्राप्त गर्न सकेन् ।

सोही अनुसार ९ दल एकातिर र बागी उम्मेदवार अर्कोतिर भएर निर्वाचन भइरहेको छ । सोही अनुसार ९ दलको तर्फबाट काँग्रेसका यमकान्त भण्डारी अध्यक्ष पदको उम्मेदवार छन्, भने उनको वागी उम्मेदवार काँग्रेसकै पवनराज बुढाथोकी रहेका छन् । त्यस्तै काँग्रेस वीपीका दीपक कुमार धिताल पनि अध्यक्षको उम्मेदवार रहेका छन् ।

भण्डारीको प्यालनबाट उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सीताराम शर्मा आचार्य, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिव र कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुर वली रहेका छन् । त्यस्तै बुढाथोकी प्यानलबाट काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशील सदस्य भोलाप्रसाद थापा कोषाध्यक्ष पदमा प्रतिष्पर्धी छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर खड्का र राप्रपाका लक्ष्मण केसी रहेका छन्

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार