२०८१ माघ २५ गते शनिवार

माओवादी नेताहरू को निष्कर्ष :‘ पार्टीको नीति नो एमसिसी ´




पुस १४
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा अमेरिकी सहयोग एमसिसीको विरोध भएको छ । पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलमा जुटेका समूहहरूले एमसिसी सम्झौताको विरोध गरेका हुन् ।

राजनीतिक प्रतिवेदनमाथि सोमबारदेखि समूह विभाजन गरेर भएको छलफलपछि समूह नेताहरूले एमसिसीको विरोध गरेका छन् । सोमबारदेखि छलफलमा जुटेका समूहहरूले बुधबार दिउँसो एक बजेदेखि आफ्नो सुझाव राखिरहेका छन् । यस्तै सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसिसीको विरोध गरेका छन् ।
उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरे पनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरे ।बन्दसत्रमा २५ समूहमा विभाजन गरिएका समूहका टोली नेताहरूले रिर्पोटिङ गर्ने क्रम जारी छ ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार