
पुस १२
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा राखिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिमा हटाइएको छ । महाधिवेशनस्थल प्रज्ञा भवन परिसरमा राखिएको अध्यक्ष प्रचण्डको प्रतिमा सोमबार हटाइएको हो ।
महाधिवेशनस्थल बाहिर प्रचण्डको प्रतिमा राखिएको तस्बिरहरुसहित समाचारहरु सार्वजनिक भएपछि हटाइएको हो । माओवादी केन्द्रको महाधिवेशन अन्तरगत आज बन्दसत्र सुरु भएको छ । यो महाधिवेशनले अध्यक्षसहित १५ जना पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेछ ।
प्रतिमा हटाईएको विषयमा सांसद सुदन किराँतीले भने, ‘नेतृत्वलाई थाहै नदिई गरिएको चाकडी हटाई सकिएको सबैमा जानकारी ! चाकडी प्रबृति – मूर्दावाद !’
प्रचण्डको निर्देशनपछि उनको ‘कटआउट’ स्वयंसेवकहरुले हटाईएका छन् । पार्टीको ८ औं महाधिवेशन स्थलमा फोटो खिच्नको लागि बनाएको उनको ठुलठला पोस्टर र कटआउट देखेपछि प्रचण्डले तत्काल हटाउन निर्देशन दिएका थिए ।