२०८१ साउन ६ गते सोमवार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बन्दसत्र आजदेखी




पुस १२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत आज (सोमबार) बन्दसत्र हुँदैछ ।

बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र सुरु हुने नेता जनार्दन शर्माले जानकारी दिएका छन् ।
बन्दसत्रमा देशभरबाट छानिएका एक हजार छ सय ३१ प्रतिनिधि र पर्यटवेक्षक सहभागी हुनेछन् ।

बन्दसत्र विशेषगरी तीन कार्ययोजनामा केन्द्रित हुनेछ । अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गरिनेछ । पार्टीको अन्तरिम विधान २०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी छ ।

यो महाधिवेशनबाट माओवादी बहुपदीय प्रणालीमा जाँदैछ । यसअनुसार केन्द्रीय कमिटीमा पदाधिकारीको सङ्ख्या १५ हुनेछ । महाधिवेशनबाट पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । यद्यपि, यो सङ्ख्याको अन्तिम टुङ्गो पनि महाधिवेशनले नै लगाउने छ ।

महाधिवेशनले दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्नेछ । समितिमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने छन् ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार