२०८१ चैत्र १ गते आइतवार

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था:नौ पद को लागि चालिस जनाको उम्मेदवारि



११ पुस
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी ४० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका संयोजक पुस्कर भण्डारीका अनुसार अध्यक्ष सहित ९ पदका लागी ४० जनाले मनोनयन दर्ता गराएको उहाले जानकारी दिनुभयो । आईतवार विहान दश बजेदेखी दिउँसो तिन बजे सम्म भएको मनोनयन दर्तामा ४१ जनाले उम्मेदवारी दिएकोमा एक जनाले फिर्ता लिएको उहाले जानकारी दिनुभयो । अध्यक्ष पदका लागी छ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जसमा मनोज लामीछाने, दीपक कुमार धिताल, यामकान्त भण्डारी, खेमराज वली, निर्मल कुमार आचार्य र पवनराज बुढाथोकी रहनु भएको छ । यस्तैगरी उपाध्यक्ष पदका लागी ५ जनाको उम्मेदवारी परेको छ ।जसमा सिताराम शर्मा आचार्य, गिरधारी प्रसाद पौडेल, निर्मला डिसी, पुर्ण प्रसाद धिताल, नारायण प्रसाद भण्डारी , सचिवका लागी सेवकराम भण्डारी, गोपाल शर्मा भट्टराई, नर्मिला भुसाल, रन्जनकुमार गौतम, मेघराज घिमिरे र दामोदर लामीछाने गरी छ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षका लागी मेघराज न्यौपाने, भद्र बहादुर वली, कर्ण बहादुर वली र भोला प्रसाद थापा गरी ४ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तैगरी अन्य सदस्यहरुका लागी पुरुषतर्फ पदम बहादुर खड्का, लक्ष्मण डिसी, गोविन्द चन्द, लाल बहादुर खत्री, मनिकराम भण्डारी, कमल घर्ति, सन्तोष वली, यामराज केसी र चेत बहादुर बुढाथोकी गरी ९ र महिला सदस्य तर्फ आसा डिसी, गिता कुमारी विष्ट महतरा, थमा भण्डारी, यसोदा विश्वकर्मा, खुमा वली, सविता देवकोटा, यमुना कडेल शाह, ईश्वरा केसी, सिता रोका र डिला विश्वकर्मा गरी १० जनाले मनोनयन दर्ता गराएको उहाले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुको प्रथम नामावली आईतवार बेलुका पाँच बजे प्रकाशन गरिएको छ ।भोली(सोमवार) विहान एघार बजे देखी चार बजे सम्म संसोधन सहितको उम्मेदवारहरुको नामावली प्रकाशन गरिने संयोजक भण्डारीले जानकारी दिनुभयो । अन्तिम नामावली १४ गते प्रकाशन र यहि पुस १७ गते निर्वाचनबाट एक जना अध्यक्ष, उपाध्यक्ष , सचिव , कोषाध्यक्ष एक -एक जना र सदस्यमा पाँच जना निर्वाचित हुनेछन ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार