
तुलसीपुर, २६ मंसिर । जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । थप उपचारका लागि नेपालगंज रिफर भएका
कपुरकोट गाउँपालिका ३ निबासी ५२ बर्षका चन्द्र बहादुर खड्काको ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।
यस अघि दुर्घटनामा परी परेर कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार