
तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु!!!!!
तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन। दुईजनाको घटना स्थलमा मृत्यु भएको हो भने एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन। मृत्यु हुनेको पहिचान खुलेको छैन् । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप सिरखोलामा दुर्घटनामा परेको हो।
दुर्घटना बेलुका ४ बजेतिर भएको प्रहरीले जानकारी दिएको छ। घाइतेको केहीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने केहिको नेपालगन्ज रेफर गरिएको छ ।
घाइतेहरुको विवरण:
१. कपुरकोट गापा- ४ घनवान बस्ने बर्ष २२ कि लक्ष्मी बुढा- ढाडमा चोट
२,कपुरकोट गापा ३ बस्ने बर्ष ४५ कि देबि चापागाईं – टाउको र शरिरिमा भित्री चोट ,रेफर कोहलपुर
३. कपुरकोट गापा ३ बस्ने बर्ष २७ को भुप बहादुर थापाको टाउकोमा चोट
४. कपुरकोट गापा बस्ने धर्म थापा
५.कपुरकोट गापा बस्ने बर्ष ५ को दिपेश थापा।टाउको र छातीमा चोट
६. कपुरकोट गापा ३ किमचौर बस्ने बर्ष ६६को डम्बर बहादुर बुढाथोकी। टाउको र शरीरमा भित्री चोट।
७.कपुरकोट गापा ३ किमचौर बस्ने बर्ष १८ कि अनिता पुन ।टाउको छातीमा भित्री चोट/ कोहलपुर रेफर
८. कपुरकोट गापा ३ किमचौर बस्ने १ महिनाको सानो नानि आरती पुन (अनिता पुनको छोरी)/ शरीरमा चोट
९.कपुरकोट गापा ३ किमचौर बस्ने बर्ष १९ रमिता बस्नेत/ टाउको र ढाडमा भित्री चोट
१०. कपुरकोट गापा ३ किमचौर बस्ने बर्ष ३९ कि दिल कुमारी बुढा/ टाउको भित्री चोट बायाँ खुट्टा भाचिएको।
११. कपुरकोट गापा ३ किमचौर बस्ने बर्ष १८ किसोर बस्नेत / टाउको र ढाडमा चोट
१२. कपुरकोट गापा ३ किमचौर बस्ने बर्ष १३ को बिश्वास बस्नेत/ टाउको र दुबै खुट्टामा चोट
१३. कपुरकोट गापा ४ बस्ने बर्ष ३४ कि कमला थापा/ टाउको र ढाडमा चोट
१४.कपुरकोट गापा ३ बस्ने बर्ष ४८ प्रेम प्रकाश शर्मा ( मृत्यु)
१५. कपुरकोट गापा ४ बस्ने बर्ष ४६ साउनी घर्ती ( मृत्यु)
१६.कपुरकोट गापा ३ बस्ने बर्ष ४६ को कर्ण बहादुर खड्का / टाउकोमा चोट
१७. कपुरकोट गापा ३ बस्ने बर्ष २५ कि लालमती खडका (मृत्यु)
१८. कपुरकोट गापा १ बस्ने बर्ष ६ को रमेश थापा/ अनुहार र टाउकोमा चोट
१९. तुलसीपुर ३ गोठिखोला बस्ने बर्ष ३०को हेमराज खत्री/ टाउको र बायाँ गालामा चोट
२०. कपुरकोट गापा ३ बस्ने बर्ष ५२ को चद्र बहादुर खडका/ टाउको र कम्मरमा चोट। कोहलपुर रेफर/