२०८० चैत्र १६ गते शुक्रवार

जाजरकोटमा बस दुर्घटना :५ जनाको मृत्यु, २७ जना घाइते



मङ्सिर १२।
जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ ।
दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा २७ जना घाइते छन् । घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ जाजरकोटका डीएसपी मधु कुमार थापाले बताउनुभएको छ ।
नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना. ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो ।
घटनाको थप विवरण आउन बाँकी डीएसपी थापाले बताउनु भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार