२०८० चैत्र १६ गते शुक्रवार

एमालेको एक छापे भनिएको गाउँबाटै दर्जनौ कार्यकर्ता माओवादीमा प्रवेश ।।



अमृत वली
रोल्पा,कार्तिक ३०
नेकपा माओवादी केन्द्र त्रिवेणी गाउपालिका वडा नम्बर २ को टोल कमिटी भेला तथा वाइसीएल नेपाल गठन कार्यक्रम रोल्पाको घोगेमा सम्पन्न भएको छ ।।।
भेलामा बलसिङ पुनको अध्यक्षता तथा पुर्ण बहादुर रावत सचिब हुने गरि १५सदस्यीय कायम गरि टोल कमिटी गठन गरिएको छ ।भने वाइसिएल नेपालको पनि सन्दीप घर्तीको अध्यक्षता तथा दिपक कवर सचिब हुने गरि ३१सदस्यीय कायम गरि गठन गरियको छ ।।
कार्यक्रममा नेकपा माओवादी केन्द्र पुर्ब जिल्ला अध्यक्ष रेशम पुन (क.चट्याङ) जिल्ला सदस्य शान्तराज बोहरा ,सदस्य सेरसिङ बन्दिपुरे (क. म्युजियम ) सदस्य टेक बहादुर घर्ती , अखिल क्रान्तिकारि विद्यार्थी संगठनका केन्द्रीय सदस्य सुमित राना लगाएतको उपस्थित रहेको थियो। सो कार्यक्रममा नेकपा एमालेको एक छाँपे गाउ भन्दै आएको गाउँबाटै दर्जनौ कार्यकर्ता माओवादी केन्द्र मा प्रवेस गरेका छन प्रबेश गर्नेमा नेकपा एमाले पुर्व वडा अध्यक्ष दलबहादुर बि.क., बलसिङ पुन , कर्मराज पुन, कमल बुढा ,नवीन बुढा ,पिमा बुढा लगाएत दर्जनौ कार्यकर्ताले प्रवेश गरेका छन । प्रबेस गर्दै कर्म राज पुन आफू ४७ साल देखि आफुले पार्टि सदस्यता लिएर आफू निरन्तर लागे पनि आफुलाई कुनै पनि हक अधिकार नदिई पार्टि आफ्नो स्वार्थको लागि मात्र लागेको भन्दै त्यो पार्टिमा अब बस्न नसक्ने भन्दै प्रबेस गरेको बताएका छन त्यस्तै बलसिङ पुनले पनि नेकपा एमाले नाममा मात्र सिमित र जनताको निमित्त कहिल्यै पनि काम गर्न नसक्ने र आफू हरुलाई विभिन्न छलकपट गर्दै पार्टि भित्र राखेर आफुहरुलाई घोडा जस्तो प्रयोग गरिरहेकाले प्रतिकार गरेर माओवादी मा प्रबेश गरेको बताएका छन ।
भने नब प्रबेशी लाई स्वागत गर्दै जिल्ला सदस्य बोहोराले कुनै पनि कार्यकर्ता सच्चाढंगले काम गर्ने हो भने एमालेमा बसेरको औचित्य नहुने भन्दै अब एक साथ अगाडि बढेर जनताको काम गर्ने बताएका छन ।त्यस्तै पुर्ब जिल्ला अध्यक्ष चट्याङले स्वागत गर्दै माओवादी पार्टी भनेकै देश र जनताको पार्टी भएको भन्दै यसरी अन्य पार्टी बाट पनि प्रवेश गर्दै जाने र भोलिको दिनमा माओवादी केन्द्र देशको शक्तिशाली पार्टी बन्ने बताएका छ्न।
चन्द्र बहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेम खड्का गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार