२०८२ बैशाख ७ गते सोमवार

आज नेपालीहरुलाई इजरायल रोजगारमा लान लाइभ चिट्ठा खोलिदै



असोज २५ |
इजरायल केयरगिभर कामका लागि जान भाषा परीक्षा तथा अन्तर्वार्ता पास गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आज (सोमबार) १२:३० बजेपछि सार्वजनिक गरिदैछ ।


इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा चिट्ठामार्फत श्रमिकको छनोट लाइभ गरिने वैदेशिक रोजगार बिभाग स्रोतले साझा सबाल मिडियालाई जानकारी दिएको छ । यसै कार्यक्रमको लागि ११:३० बजे काठमाडौँ स्थित इजरायली दुतावासले समेत नेपालका सम्बन्धित निकायका अधिकारीहरुलाई निमन्त्रणा गरेको छ ।
कम्प्युटर प्रणालीबाट हुने चिट्ठा छनौट अन्तर्गतको कार्यक्रम लाइभ गरिने जानकारी प्राप्त भएको छ । भाषा परीक्षण तथा अन्तर्वार्ता उत्तीर्ण भएर इजरायलमा नाम पठाइएका मध्ये एक हजार ६०० जनामध्येबाट एक हजार जना छनोट हुनेछन् । जसलाई फेसबुकबाट समेत प्रत्यक्ष हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार