
असोज २४।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको छ। अहिले मोतीपुर तनावग्रस्त छ।
प्रहरीले गोली चलाउँदा ६ जना स्थानीय घाइते भएका छन्। झडपमा ३ प्रहरी पनि घाइते भएका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको बताए। उनले भने, ‘जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो।’ घटनाको अन्य विवरण आउन बाँकी रहको प्रजिअ तिवारीले बताए।
केही महिना अगाडि मात्रै औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो।
प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार