२०८१ माघ २७ गते सोमवार

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट



असोज २०।
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको प्रतिस्थापन बजेट सार्वजनिक गरेको छ ।

बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११ दशमलब ८२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम भने हटाएर त्यसको ठाउँमा ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ ल्याइएको छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार