
असोज २०।
नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुङ्गो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने पक्का भएको छ ।
बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा पम्फा भुसाल मन्त्री भइसकेका छन् ।
प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार