
तुलसीपुर, १८ असोज ।
तुलसीपुरमा हाईसले ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् ।
तुलसीपुरबाट काठमाडौका लागि छुटेको बा३ख ४४५२ नम्बरको हाइसले मोतिपुरको पेट्रोलपम्प नजिकै रा३प ३९०२ मोटरसाईकललाई बिहान ६ बजे ठक्कर दिदा चालक सल्यानको कपुरकोट गाउँपालिका–१ गर्पा निबासी १८ बर्षीय सयोग बुढामगर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । उनको टाउकोमा चोट लागेको छ ।
प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार