२०८० चैत्र १५ गते बिहिवार

जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये २ को उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल मृत्यु -राप्ती सञ्चार



। जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये २ को उपचारका क्रममा घाइते १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरिले बताएको छ।

मृतक र घाइते सबै शिवजन मावि शितलपाटीका विद्यार्थी हुन् । जिप ओभर स्पिडका कारण दुर्घटना भइ सडकको छेउमा सल्लाको छहारीमा बसेका बिद्यार्थीहरुलाई ठक्कर दिएकाे थियाे ।

दुर्घटनामा परेर घाइते हुनेमा शारदा नगरपालिका ६ की अन्दाजी १८ बर्सिया मिना परियार, सोही ठाउँकी १६ बर्सिया सुशीला नेपाली र १८ बर्सिया दिपा बुढाथोकी रहेका छन् । उनिहरुलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।

तीब्र गतिको डबल क्यापले ठक्कर दिएकामध्ये सबैलाई छाति, अनुहार, हात-खुट्टालगायत शरीरका बिभन्न भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान १० बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो । यसैबीच आक्रोशित स्थानीयले अहिले राप्ती राजमार्ग बन्द गराएका छन्। राजमार्गको बरलामा स्थानिय हरुले राजमार्ग बन्द गराएका हुन। जसले गर्दा सल्यानहुँदै विभिन्न स्थानमा जाने यातायातका साधनहरु बीचमै रोकिएका छन्।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार