२०८१ माघ ५ गते आइतवार

नजर नपुगेको तुल्सिपुर कपुरकोट सडकखण्डका खाल्डाखुल्डि



भाद्र २७।
भनिन्छ सडक बिकास को मेरुदण्ड हो।त्यही मेरुदण्ड मानिने सडक को दुराबस्था भयो भने न त्यहा बिकास अघि बड्न सक्छ न त्यो ठाँउमा अन्य बिकास का पुर्बाधार बन्न सक्छन् । दाङ तुल्सिपुर हुदै कपुरकोट जोड्ने राप्ती राजमार्ग अन्तर्गत रक्षाचौर देखि चोर खोला सम्म बाटो मा रहेका खाल्डाखुल्डी ले सो सडक भएर यात्रा गर्ने यात्रु लाई सास्ती साथै दुर्घटना को जोखिम बढाएको छ। बर्षा को समय पैदल हिड्ने यात्रु समेत हिलम्मे र हिउँदमा धुलम्मे हुने अबस्था रहेको छ।
बाटो मा परेका खाल्डाखुल्डी ले बिरामी लाई यात्रा गर्दा झन समस्या हुने गरेको स्थानीय बताउछ्न।

साबिक राप्ती अञ्चल अन्तर्गत सल्यान ,रोल्पा र रुकुम को लाईफ लाइन मानिने यो सडकखण्ड को यो दुर्दशा हुदा समेत सो सडक मर्मत को लागि कसैको ध्यानाकर्षण हुन सकिरहेको छैन ।
दैनिक हजारौं यात्रु , मालबाहक सवारी साधन ले ब्येहोरेको सास्ती आज सम्म न स्थानीय निकाय न सडक बिभागले देख्न नसक्दा र सो मर्मत कोचासो नदिदा स्थानीय चिन्तित बनेका छन।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार