२०७९ मङ्सिर १९ गते सोमवार

सभामुखको टाउको फुटाउने हाम्रो योजना थियो : एमाले सांसद रेखाकुमारी झा



भाद्र २६।
नेकपा (एमाले)का सांसद रेखाकुमारी झाले संसदमा सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको प्रतिक्रिया दिएकी छन् । शुक्रबार हिजो संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टाउको फुटाउने आफूहरुको योजना रहेको बताएकी हुन् ।

सांसद झाले जे पायो त्यसैले टाउको फुटाउने आफूहरुको योजना बताउँदै भनिन्, ‘टाउको फुटाइदिन्थ्यौँ । पहिले गल्ती कसले गरेको हो ?’ यसका साथै उनले प्रतिपक्षीले विरोध गरिरहँदा संसद चलाएमा प्रतिकार गर्ने पनि बताइन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुखको विरोध गर्दै एमालेका सांसदहरुले रोष्ट्रममा उक्लिने प्रयास गरेका थिए । संसदमा उनीहरुलाई मर्यादापालकले रोष्ट्रममा जानबाट रोकेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार