तुलसीपुर, दाङ।
कला र संस्कृतिको संरक्षणका उद्देश्यका साथ “दोभान कला केन्द्र एण्ड फिटनेस सेन्टर” तुलसीपुर–५, ‘ग’ लाइन, दाङमा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
संस्थाले नृत्य, अभिनय, संगीत, म्युजिक भिडियो तथा फिल्मसम्बन्धी सम्पूर्ण कार्य गर्ने जनाएको छ। साथै, यस केन्द्रले युवाहरूलाई शारीरिक सुदृढता, आत्मविश्वास र साङ्गीतिक सीप विकासमा प्रेरित गर्ने लक्ष्य लिएको छ।
“कला र संस्कृति देशको गहना हो” भन्ने नारासहित स्थापना गरिएको केन्द्रले नयाँ पुस्तामा सिर्जनशीलता र सांस्कृतिक चेतना फैलाउने उद्देश्य राखेको जनाएको छ।
जानकारी दिँदै केन्द्रका सरोज रेग्मीले भने, “हाम्रो उद्देश्य कला, संस्कृति र फिटनेस तीनै क्षेत्रमा युवाहरूलाई सक्षम बनाउने हो,” भन्दै केन्द्रले स्थानीयस्तरमा नयाँ प्रतिभा पहिचानमा ध्यान दिने बताए।
सो केन्द्रलाई Real Media Nepal, Public Nepal (PN) र Rose Digital Photo Studio ले प्रविधिक तथा मिडिया सहकार्य गरिरहेका छन्।
📞 सम्पर्क:
9857821558 | 9847830166 | 9847832736








