२०८१ माघ २४ गते शुक्रवार

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ खेलाडीहरुको खानी हो मेयर टिकाराम खडका ‘



तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा तेस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । तुलसीपुर–३ रानागाउँको सुकिदहमा सुरु भएको प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले गरेका हुन् ।

खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले खेलकुद राष्ट्रको सान र गौरव भएको बताएका छन् । खड्काले मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद सिङ्गो राष्ट्रको पहिचान अन्तरास्ट्रिय स्तरमा स्थापित गराउने एक दरिलो माध्यम भएको बताए ।

उनले वडाको आयोजनामा हुने वडा अध्यक्ष कप प्रतियोगीताबाटै दक्ष खेलाडी उत्पादन गरि मेयर कप तथा तुलसीपुर क्षेत्रका खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने गरी दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको बताए । प्रमुख खड्काले स्थानीय स्तरमा खेललाई प्रवद्धन र व्यवस्थापन गर्नका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने गरेको बताए ।

वडा नं. ३ खेलाडीहरुको खानी भएको बताए । ‘यस्तो क्षेत्रमा प्रयाप्त खेलमैदान रहेछ यसको उचित व्यवस्थापन गरि दक्ष खेलाडी उन्त्पादन गर्न सवै लाग्नु पर्छ –उनले भने । वडाध्यक्ष विरबहादुर वि.कको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता उद्घाटनमा बोल्दै अध्यक्ष विकले रानागाउँमा पहिलो पटक वडाध्यक्ष कप फुटवल प्रतियोगिता आयोजना गरेको भन्दै यस प्रतियोगिता बाट छनोट हुने खेलाडीहरु मेयर कप प्रतियोगिता खेल्ने बताए । उनले वडा नं. ३ का विभिन्न टोलमा रहेका खेलाडीहरुविच प्रतिस प्रर्दा हुने बताए ।कार्यक्रमको सहजिकरण वडा सदस्य राजेन्द्र गुरुङले गरेका थिए । प्रतियोगिता उद्घाटनमा तुलसीपुर– ३ रानागाउँको लाखेनाच, मयूर नाच तथा विभिन्न टोलबाट आमा समुहले झाँकी प्रर्दशन गरेका थिए । खेल लिकचरणमा खेलाइने छ । प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने छ

प्रकाशित मिति : २०८१ माघ ३ गते शुक्रवार