२०८२ बैशाख २९ गते मङ्गलवार

खेल जगतलाई प्रोत्साहित गर्दै वाडा अध्यक्ष अमित ठकुरी



विनोद मण्डल, पुस १५ । सिरहाको धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी यतिबेला चौतर्फी चर्चाका पात्र बनेका छन ।

भौगोलिक विकटताका कारण विगतमा ओझेलमा परेका वाडा नम्बर १४ का बस्तीहरूमा भौतिक संरचना निर्माणको प्रक्रिया सँगै विकासको आभाष स्थानिय जनताले गरेको अवस्थामा उनका नाम विकास गर्ने तरीकाले स्थानिय स्तरमा आएको परिवर्तनले धनगढीमाई नगरपालिका भित्र मात्र नभएर जिल्लाभरी उनको चर्चा प्राय भइरहेको अवस्था रहेको देखिन्छ ।

दूरदर्शिता कायम गर्दै वडामा आवस्यक पूर्वाधारहरुको अग्रिम खाका कोरेर विकाश जारी राखेपछि परिवर्तनका स्वरुपहरु हरेक क्षेत्रमा देखिएको छ ।

बाटो ,बिजुली , टावर , वाडा कार्यालय भवनको निर्माण, खानेपानीको सुरुवात , खेलाडीको मूल्यांकन गरी पटक पटक खेलाडीलाई आवयक सामग्री हस्तान्तरण , जग्गाको नापी ,नागरिकता प्रमाण पत्रको वितरण , धुवाँरहित चुलो वितरण लगाएतका आम जनतासंग सरोकार राख्ने विषयको अध्ययनलाई नजिकबाट नियाल्दै उनले चालेको कदमको चौतर्फी प्रसंशा भइरहेको अवस्था रहेको देखिन्छ ।

उनले स्थानिय खेलाडीहरुलाई वाडा कार्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि वाडा नम्बर १४ का फुटबल खेलाडीहरुलाई १६ थान जर्सी ,१६ सेट बुट ,१६ सेट सक्स ,१६ सेट फुटबल प्याड ग्लोब्स र १० ओटा फुटबल हस्तान्तरण गरेका छन ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार