घरको जेठो छोराको रूपमा रहेको सुजन राउतलाई प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
ब्रेन ट्युमरको कारण बुवाको निधन भएपछि घरमा जेठो छोराको रूपमा रहेको सुजन घाटको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारी मा थिए ।
रानीवन गाउँपालिका ६ रानीवनका स्थानीय भक्त बहादुर राउत र नन्द कुमारीको जेठा छोराको रूपमा रहेको सुजन गएको २ महिना देखि काठमाडौमा बसेर EPS परिक्षाको तयारी गरिरहेका थिए ।
कोरिया जाने तयारीमा रहेका राउत ३ बर्से ओभरसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम नपाएपछि उनी कोरियाको तयारीमा लागेका थिए ।
सुजनको घरमा आमा र एक भाई छन , सुजन घरको जेठो छोरो र घर धान्ने एउटा छोराको अप्रिय खबरले आमा नन्दकुमारि बेहोसी हालतमा छन ।
ललितपुरको बालकुमारीमा शुक्रबार परेको झडपमा उनी सदाका निम्ति अस्ताए ।
प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार