पुस १३ ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो ।
त्यस्तै भिड नियन्त्रण गर्न प्रहरीले चलाएको प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएका एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार