२०८१ पुष २८ गते सोमवार

लागू औषधसहित मिर्चैयाबाट १ जना भारतिय नागरिक पक्राऊ ।।।



विनोद मण्डल, पुस १२ । सिरहाको मिर्चैयाबाट लागु औषध सहित एक भारतीय नागरिक पक्राऊ परेका छन ।

मिर्चैयाको बस पार्कमा ईलाका प्रहरी कार्यालय सिराहाबाट प्र.ह.शिवशंकर मण्डलको कमाण्डमा खटिएको गस्ति टोलीले शंका लागि चेकजाँच गर्दा भारतको मधुवनी जिल्ला ग्राम पंचायत पिपराही लदनिया बस्ने २४ वर्षीय साहिद अहमदले राजनिवासको झोलाभित्र लुकाई छिपाई ल्याएको लागू औषध सहित उनलाई प्रहरीले चेक जाँचको क्रममा नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट
१.DIAZEPAM INJECTION I.P 2ML लेखिएको एम्पुल थान;- ६,
२.ABBOTT ( PHENERGAN )2ML लेखिएको एम्पुल थान;-६
३.BUPRENORPHINE INJECTION लेखिएको एम्पुल थान;-६, फेला परेको थियो ।

नियन्त्रणमा लिएको अहमदलाई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन १५ (पन्ध्र) को म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार