२०८१ पुष २८ गते सोमवार

विद्युत महशुल नबुझाउने दाङको घोेराही सिमेन्ट उद्योगसहित चार उद्योगको विद्युत काटियाे



विद्युत महशुल नबुझाउने दाङको घोेराही सिमेन्ट उद्योगसहित चार उद्योगको विद्युत काटिएको छ । लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार