२०८१ पुष २८ गते सोमवार

भीरबाट लडेर राेल्पामा एक महिलाको मृत्यु



पाैस ७ भीरबाट लडेर राेल्पामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं.-७ मैतिकाटिना बस्ने देव बहादुर नेपालीको श्रीमती ५० वर्षिय ससु नेपालीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

छोरी र बुहारी संगै सिम्जा पधेरी स्थित आफ्नै खरबारीमा खर काट्ने क्रममा हिजो बिहीबार दिउँसो करिब ३ बजेतिर भीरबाट करिब १५० मिटर तल खस्न गई घाइते भएपछि उपचारका लागि लैजादै गर्दा बाटाेमै मृत्यु भएको स्थानीयले बेलुका नुवागाउँ प्रहरी चौकीमा फाेनबाट जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक बसन्त डाँगीको कमाण्डमा ३ जनाको टोली खटी गई बुझ्दा मृतककाे शव घरमा ल्याई सुरक्षित साथ राखिएको र त्यसपछि प्रहरीले शवकाे पोष्टमार्टमको लागि होलेरी पठाएको जिल्ला प्रहरी कार्यालयले राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार