
विनोद मण्डल, मंसिर २४ । सिराहा जिल्लाको धनगढीमाई स्थित पूर्व पश्चिम राजमार्गको जिरोमाईलदेखि हातीढुंगातर्फ आउने सडकको तयारी पूरा भएपछि कालोपत्रे हुने पक्का भएको छ ।
वाडा नम्बर १४ का बस्तीहरूमा पुग्नका लागि सहज हुने उक्त सडकको स्थानिय सुल्सुलेदेखि पिचका लागि आज देखि काम थालिएको हो ।
सडकमा हुनुपर्ने सबै आवस्यक पूर्वाधार तयार भएपछि सडकमा पिचको लागि तयारी थालिएको छ ।
शाह मकालु जय भवानी कम्पनीले निर्माण ठेक्कामा काम थालेको बताईएको छ ।
यस सडकको निर्माणले स्थानियको आवत जावतमा सहजता हुने वाडा नम्बर १४ का वाडा अध्यक्ष अमित ठकुरीले बताउनु भएको छ ।
यता वाडा नम्बर १३ का वाडा अध्यक्ष सूर्यमान तामाङका अनुसार निर्माण कम्पनीले तदारुकताका साथ काम गरिरहेको हुनाले काममा कुनै ढिलाई नभएको बताउनु भएको छ ।
निर्माणाधिन सडक वाडा नम्बर १४ र १३ का बस्तीहरू भएर पूर्व पश्चिम राजमार्गको जिरोमाईलमा एक मात्र राजमार्गमा जोडिने इन्जिनियर टेक नाथ महतोले जानकारी दिनुभएको छ ।