२०८२ बैशाख ५ गते शनिवार

तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते



मसिर २२ तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुरको डाडँखुटी बस्ने २१ वर्षीया कल्पना वली, सोही ठाउँ निवासी २२ वर्षीय तिलक केसी र १८ वर्षीय सविन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बाताउनु भएको छ ।

दमारगाउँबाट तुलसीपुर तर्फ आउदै रा १ ह ४७०९ नम्बरको अटो तुलसीपुर ९ को चुलेसी नजिकै आफै अनियन्त्रित सडकमा पल्टिदा दुर्घटना बताएको छ । घाइते ३ जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछी डिस्चार्ज भएको बताएको छ

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार