
विनोद मण्डल, मंसिर २१ । पछिल्लो समय सिराहा प्रहरीले लागु औषध नियन्त्रणका लागि सक्रियता देखाएका छन ।
सिरहाको लहान नगरपालिका वडा नं. ८ मखन भोग होटलबाट खैरो हिरोइन सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषाबाट प्र.स.नि. गोपाल खड्का र प्रहरी चौकी लहानबाट प्र.स.नि. सुनिल कुमार यादवको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले सिरहाको बरियारपट्टी गाऊपालिका वडा नं. १ बडहरीका बस्ने ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई लागु औषध सहित नियन्त्रणमा प्रहरीले लिएको छ ।
प्रहरीले यादवलाई होटलमा बसिरहेको अबस्थामा चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको बायाँपट्टीको खल्तीबाट प्लाष्टिकमा पोको पारी राखिएको प्लाष्टिक सहित ५१ ग्राम ९०० मिलिग्राम र प्लाष्टिक बाहेक ४९ ग्राम ९०० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी उनको स ७ प ५९७ नं.को मोटरसाईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।