२०८१ माघ ५ गते आइतवार

लागू औषध सहित एक जना नियन्त्रणमा ।



विनोद मण्डल, मंसिर २०

सिराहा प्रहरीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहाको भगवानपुर गाऊपालिका वडा नं. ३ धातिस्थित नेपाल भारत ग्रामिण सडक खण्डबाट लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्र.व.ना.नि.तिलक कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको बा.२५ प. २३८३ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक लहान नगरपालिका वडा नं. ७ बबाजी टोलका २० वर्षीय अनिल कुमार दासलाई नियन्त्रणमा लिएको हो ।

दासको साथबाट ,डाइजोपाम ३५ एम्पुल, नोरजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल र मोटरसाईकल १ थान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहनबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार