२०८० फाल्गुन ९ गते बुधवार

लागूऔषध सहित एक जना नियन्त्रणमा ।।।



विनोद मण्डल, मंसिर ८ । सिरहाको बन्दिपुरबाट प्रहरीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चेक जाँचको क्रममा कर्जन्हा नगरपालिका वडा नं. २ घर भएका ३० वर्षीय विश्‍व मित्र महतोलाई लागु औषध सहित नियन्त्रणमा लिएको बताईएको हो ।

गोप्य सूचनाका आधारमा कर्जन्हा नगरपालिका वडा नं. ३ स्थित रहेको ई.प्र.का. बन्दिपुरका प्र.स.नि. ध्रुव बहादुर श्रेष्ठको कमाण्डमा र लागू औषध ब्युरो जनकपुरबाट प्र.स.नि. गोपाल खडकाको कमाण्डमा खटिएको संयुक्त टोलीले महतोलाई नियन्त्रणमा लिएको थियो ।

महतोलाई चेकजाँच गर्ने क्रममा लागूऔषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ प्लास्टिक सहित १२.७० ग्राम र प्लास्टिक बाहेक ११.८२० ग्राम, ने.रु.१२,६५०।– (बाह्र हजार छ सय पचास रूपैयाँ मात्र) र २ थान मोबाईल सहित फेला पारी लागू औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार